भर्सटाइल ज्ञवालीको किन हुँदैछ हाई हाई ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको लागि बारा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका अरुण कुमार ज्ञवालीको पक्षमा जनलहर निकै लोभलाग्दो देखिएको छ ।

बिगत २५ वर्षदेखी कानुनव्यवसायीको पेशा अगाल्दै आएका ज्ञवालीको पक्षमा अहिले जनलहर देखिएपछि अन्य दलका प्रतिद्वन्दीहरु तर्सिन थालेका छन् । सबैसँग निकट सम्बन्ध राख्न सफल ज्ञवालीले अहिले आफ्नो चुनावी माहौललाई ह्वात्तै तताएका छन् । भोली अर्थात १७ गतेबाट आमसभासहित चुनाव प्रचार गर्न आयोगले अनुमति दिने भएपछि उनले आफ्नो छुट्टै खालको चुनावी रणनीति तयार गर्दैछन् । उनी आफूले पाएको चापाकल चुनाव चिन्ह लिएर चुनावी महासंग्राममा मिसिएका छन् ।

आफ्नो स्पष्ट एजेण्डा सहित प्रतिनिधिसभाको निर्वाचनमा होमिएका ज्ञवाली आफूले जनताको प्रतिनिधि भएर जनताकै सेवा गर्न आतुर भएको र त्यहीअनुरुप आफूले उम्मेदवारी दिएको बताए ।

बाराको महागडीमाई नगरपालिका १० गंजभवानीपुरका स्थायीबासी ज्ञवालीले देश र जनताको विकास र समृद्धिको लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

No description available.

अन्य दलका उम्मेदवारहरु गठबन्धन नै गरेर चुनावमा होमिदा पनि उनी एक्लैले स्वतन्त्र उम्मेदवारी दिनु आफैमा गौरवको विषय भएको स्थानीयहरु बताउँछन् । उनीसँग चुनावी मैदानमा पौठेजोरी खेल्न कांग्रेस नेतृत्वको गठबन्धनबाट शिवचन्द्र कुशवाहा, एमाले जसपाबाट रामसहाय यादव र अर्का स्वतन्त्र उम्मेदवार रामकिशोर यादव रहेका छन् । हुन त ज्ञवालीसंगै अन्य १० जनाले पनि स्वतन्त्र उमेद्वारी दिएका छन्।तर अरू उमेद्वारभन्दा ज्ञवालीको पक्षमा व्यापक जनलहर देखिएको छ।

No description available.

त्यसैले ज्ञवाली उनीहरुभन्दा निकै बलिया उम्मेदवारको रुपमा देखा परेका छन् । उनको एजेण्डा पनि अरुभन्दा भिन्न रहेको छ । उनको चुनावी एजेण्डा नै-

‘ देश खातिर शिक्षा, स्वास्थ्य औरी रोजगारी, सवल क्षेत्र बनायेके हमर जिम्मेवारी ‘

रहेको छ ।

 

लामो समयदेखि वकालत गर्दै आएका उनी काठमाडौमा रहँदाखेरी गाउँका कसैलाई अफ्ठेरो परे निशुल्क रूपमा कानुनी सेवा पुर्याउने देखि अन्य सहयोग समेत गर्दै आएका छन् । यस्तै कोही गरिवले पैसा नभएकै कारण कानुनी सेवा लिनबाट बञ्चित भए उनले उनीहरुलाई पनि निशुल्क रुपमै कानुनी सेवा दिने गरेका थिए ।

 

यस मानेमा उनी समाजसेवा गर्ने उम्मेदवारको रुपमा समेत त्यहाँ परिचित रहेका छन् । स्थानीय मतदाताहरुले पनि उनलाई जिताउनुपर्ने आवाज उठाईरहेका छन् । उनको कृयाशीलता र सहयोगी मनका कारण पनि मतदाताहरुले राम्रो उम्मेदवारको रुपमा हेर्ने गरेका छन् ।

 

स्थानीयको जनजिविकाका लागि ठोस खालको कार्यक्रम नै ल्याएर त्यसलाई कार्यान्वयन गर्ने उनको लक्ष्य समेत रहेको छ। ज्ञवाली ईमान्दार, कर्तव्यनिष्ठ र स्वच्छ छवी भएको भर्सटाइल व्यक्तिको रुपमा त्यस क्षेत्रमा चिनिन्छन् । जस्तो अवस्थामा र जहाँ पनि फिट हुन सक्ने खुवीकै कारण उनी अहिले त्यस क्षेत्रको शेर उम्मेदवारको रुपमा आफूलाई उभ्याईरहेका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long