कालिकोटमा बम विस्फोट, दुईको मृत्यु, तीन घाइते

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

कालिकोट। कालिकोटको तिलागुफा नगरपालिका -१० रानावाडामा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।

 

आज बिहान करिब ८ बजे रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।

 

तिलागुफा नगरपालिका-१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्र्वर रिमालले जानकारी दिए ।

 

उनका अनुसार झरनाको घटनास्थलमै मृत्यु भएको थियो भने सरस्वतीको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ११:४०मा मृत्यु भएको थियो।

 

घटनामा तीन जना गम्भीर घाइते समेत छन्। घाईते हुनेहरूमा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना छन।उनीहरूलाई  हेलिकप्टरबाट उपचारको लागि सुर्खेतमा पठाइएको छ।

डिएसपी रिमालका अनुसार विस्फोट भएको बम नयाँ हो वा पूरानो भन्ने अनुसन्धान भइरहेको छ।

 

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long