लिङ्देनले दिए सांसदबाट राजिनामा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ। राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले आजबाट आफु संसद नभएको घोषणा गरेर राजिनामा दिएका छन्।

आज बसेको प्रतिनिधि सभामा सभामुखसँग रोष्टममा नै उभिएर बोल्ने समय माग गर्दै उनले यो प्रतिनिधि सभामा आफ्नो यो नै अन्तिम भनाई हो भन्दै आफ्ना कुरा राखेका थिए।

उनले चुनाब घोषणा भएपछि संसदको आयु सकिनेमा उल्टो सत्ता गठबन्धन दलले कसरी संसदको आयु लम्ब्याउन सकिन्छ भन्ने तिर लागेको भन्दै गठबन्धन दललाई सत्ता र भत्तामा लिप्त नरहन समेत आग्रह गरे। उनले चुनाब घोषणापछि तलबभत्ता खादै बस्नु अनिचित मात्र होईन अनैतिक समेत हो भन्ने निस्कर्षमा पुगेर आफुले राजिनामा दिएको समेत बताएका छन्।

यही कुरा उनले आफ्नो सामाजिक संजाल फेसबुकमा समेत लेखेका छन्।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long