पुर्व प्रधानमन्त्री देखि मन्त्रीसम्मले खेल्ने फिल्म यस्तो छ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं ।पूर्वप्रधानमन्त्री माधव नेपाल, वनमन्त्री प्रदीप यादवसहितका नेताले फिल्ममा अभिनय गर्ने भएका छन् ।काठमाडौं । पुर्व प्रधानमन्त्री नेपाल र बनमन्त्री यादवसङ्गै उक्त फिल्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि अभिनय गर्नेछन् ।मन्त्री यादवले सो फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने भएका बताइएको छ।

रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्म एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ । छायांकनको लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरेसङ्गै बाहिर आएको हो।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वनमन्त्री प्रदीप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरु फिल्ममा देखिदा मार्केट लिने अनुमान निर्देशकको छ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long