कैलालीका पार्टी अध्यक्ष थापालाई एमालेले किन गर्यो यस्तो निर्मम कारबाही ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने भएको छ । जिल्ला कमिटीले थापालाई त्यस्तो सिफारिस गरेको हो।

हिजो बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिए । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्ने पाण्डे बताउँछन् ।

३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदमुनी रानाले ५ असारमा २३ बुँदे स्पष्टीकरण सोधेका थिए ।

तीन दिनको समयसिमा तोकेर सोधिएको स्पष्टीकरणको उनले जवाफ समेत नफर्काएपछि साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ । एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले हराउँदै पार्टीको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long