nepal telicom

बर्षाले रोक्यो नेपालको एसीसी महिला टी–२० च्याम्पियनसिप यात्रा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिनुपरेको छ।

युएईविरुद्धको खेलमा वर्षाका कारण खेल रद्ध भएपछि युएई फाइनल पुगेको छ । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको हो ।

मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो। नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन्।

तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन। र, नेपाल सेमिफाइनलबाटै बाहिरियो। समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो।

समूह चरणमा तीन खेल जिते पनि नेपाल हङकङसँग भने पराजित भएको थियो । नेपालको ६ अंकसहित समूहको उपविजेता बनेको हो।​

एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट खेल्न पाउनेछन् । एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्ड रहेका छन्।

adb bank long