बालिका बलात्कार आरोपमा पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । ११ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा दुईजनालाई प्रहरी पक्राउ गरेको छ । नेपाल प्रहरीले झापाबाट ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपिन राईलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै ललितपुर जिल्लामा १५ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका-३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई पक्राउ गरेको छ ।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी यही जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long