nepal telicom

काठमाडौको फोहोर नउठ्दा बिरामीको चाप बढ्दो, महामारी निम्तिन सक्ने चिकित्सकको चेतावनी

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । काठमाडौ उपत्यकामा थुप्रिएको फोहोरका कारण बिरामीको चाप बढ्न थालेको छ । बर्खाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर बिग्रिएर दूषित हुँदा झाडापखालाको प्रकोप सुरु भएको हो ।

सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमले दिनप्रतिदिन बिरामी बढ्न थालेको जानकारी दिए  ।

राजधानीमा फोहोर थुप्रिएको केही दिनदेखि झाडापखालाका बिरामी बढ्न थालेका हुन् । सरुवा रोगविज्ञ डा शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ । ‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्,’ डा।पुनले भन्नुभयो। झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरूले बताएका छन् ।

खानेपानीमा यसको फोहोर मिसिने भएकाले झाडापखालाको प्रकोप बढाएको उनको भनाइ छ । ‘समयमा यसको व्यवस्थापन गर्न नसकेमा हैजाको महामारी निम्त्याउनेछ,’ मरासिनीले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको पूर्वतयारी अझै थालेको छैन । फोहोरले जनस्वास्थ्यमा पार्ने गम्भीर असर र यसबाट जोगिने उपायबारे मन्त्रालय मौन छ ।

उता फोहोर फाल्ने बञ्चरे डाडामा स्थानीयहरुले अवरोध गरेपछि फोहोर फल्न सकिएको छैन ।

 

adb bank long