राज्यमन्त्रीका पिएसओ आफ्नै घरमा मृत भेटिए

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पीएसओ) प्रहरी हवल्दार मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका(३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरको कोठामा बुधबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरी हवल्दार जोशी आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन बिष्टले जानकारी दिए ।

जोशी सन्चो नभएको भन्दै गएको आइतबारदेखि जोशी घरमै आराम गरेर बसेका थिए । अस्वस्थताकै कारण उनी पत्नी र छोरासँग आफन्तको विवाहमा समेत नगएका परिवारका सदस्यले जनाएको छ ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनको मृत्युको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको डीएसपी बिष्टले बताए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long