nepal telicom

हृदयघातले निधन भएकी नेतृ परियारलाई एमालेको झण्डा ओढाएर सम्मान

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

बर्दिबास । हृदयघातबाट गएराती मृत्युबरण गरेकी एमालेकी स्थानिय नेतृ मञ्जुकुमारी परियारलाई एमाले महोत्तरीले पार्टीको झण्डा ओढाएर सम्मान गरेको छ ।

No description available.
परियारको पार्थिव शरिरमा एमाले केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबाहादुर बलम्पाकी , अनुशासन आयोगकी केन्द्रीय सदस्य दुर्गा दहाल , प्रदेश सदस्य सन्त परियार लगायतले एमालेको झण्डा ओढाएका थिए ।

बर्दिबास ( १४ घर भएकी उनी एमालेको संगठित सदस्य थिईन् ।गएको स्थानिय चुनावमा वडा सदस्यकी उमेदवार बनेकी उनी बर्दिबासस्थित खानेपानी सँस्थाको सदस्य समेत थिईन् ।

एमाले केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबाहादुर बलम्पाकीले शोक बक्तब्य जारी गर्दै भनेकाछन् ( एमालेको जुझारू नेतृ मञ्जुकुमारी परियारको निधनले अपुरणिय क्षति पुगेको छ । परियारको ४८ बर्षको उमेरमा निधन भएको हो ।

adb bank long