आजबाट काठमाडौमा सवारी साधनमा जोर बिजोर लागू

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । काठमाडौ उपत्यकामा आजबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएको छ । सरकारले कोरोना संक्रमण ह्वात्तै बढेपछि स्मार्ट लकडाउन अन्तर्गत आजबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि ९शुक्रबार० राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।

सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।

यसैगरी सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थक्लव, जीमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल,फुटसल, जात्रा, महोत्सव, पटकेहाटबजार मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न रोक लगाइएको छ ।

शैक्षिक संस्थाहरूले भौतिक ९तालिम केन्द्र, कोचिङ सेन्टर ट्यूसन,कलेज,विद्यालय० उपस्थितिमा गर्ने पठन पाठन गर्न पाउने छैनन् । विश्वविद्यालयरविद्यालयरशिक्षालयका परीक्षा, जनशक्ति भर्नाका परीक्षा लगायतका किसिमका परीक्षाहरू गर्न पनि रोक लगाइएको छ ।

यसैगरी सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी जान रोक लगाइएको छ । र, त्यसरी जान पनि पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने छ ।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक(चौथाइमा नबढ्ने गरी सञ्चालन गर्न पाइने छ । तर, पूर्ण खोप लगाएको कार्ड भने देखाउनुपर्ने छ । प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिएर विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long