गायिका प्रविशाले गरिन ईन्गेजमेन्ट

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छिन् । उनले, आफ्ना प्रेमी निर्माण सिटौलासँग आज टिकाटालो गरेर ईन्गेजमेन्ट गरेकी हुन् । प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो । निर्माण लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले नै अगाडि बढाएको हो । तर, बिहेको कुरा अगाडि बढेपछि प्रविशा र निर्माणको कुराकानी सुरु भए पछि उनीहरुले एक अर्कालाई मन पराएका हुन् ।

प्रविशा र निर्माणको बिहे मंसिर ५ गते हुँदैछ । यसका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी छिन् ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long