यसरी देखाए ओलीले माधव नेपालप्रति दयाभाव

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सिन्धुपाल्चोक । प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पपार्टीका अध्यक्ष माधव नेपालप्रति दयाभाव देखाएका छन् । ओलीले नेपालले हातमा टोपी बोकेर कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका हुन् ।

‘विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन कुदेको थाहा छ ? एमाले मार्न’, ओलीले भने, ‘पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन् ।’

वि.सं. २००७ सालदेखि नै कांग्रेस देश ‘भडुवा’ पार्टी भएको भन्दै ओलीले अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको बताए । ‘कांग्रेसले सकेन, राजतन्त्रले सकेन, सबै सिध्याएर आएको पार्टीलाई मास्न कुदेका छन् । पार्टी छोडेपछि त चुप लागेर घर बस्नु नि’, सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने ।

अलिक दिनसम्म माधव नेपालले भित्तामा प्वाख टागेंर झुक्याउन आफूलाई एमाले भने भन्दै ओलीले अहिले नेपाल एमाले रहेछन् कि रहेनछन् देखिएको बताए ।

‘१० बुँदे, जेठ २ को गेट माधव नेपालका लागि बनेको थियो । गेट बनाएपछि फर्किन्छन् कि भनेर । ठाउँ चाहियो भने १० बुँदे सहमति गरिसकेपछि मान्दिनँ भने । १० बुँदेको रचनात्मक ढंगले कार्यान्वयन गर्छौं । जडसुत्रवादीले होइन । मुख्य कुरा पार्टी एकता हो । पार्टी एकताका लागि जे पर्छ गर्छौं’, उनले भने, ‘पुष्पकमल दाहाल गुट लिएर गए । अरु एमालेमा छन् । आत्तिएका छन् । बर्बराउँदैछन् । बाइपोलार गढबढी डाक्टरले भनेको । के हो डाक्टरले जान्नुहुन्छ कि प्रचण्डले जान्नु हुन्छ ।’

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long