nepal telicom

महोत्तरी जिल्ला एमालेको लालकिल्ला, २१ हजार पार्टी सदस्यमा पूर्व माओवादीका ८ हजार ५ सय

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

बर्दिबास । यसअघिका चुनावहरूमा कमजोर सावित भएको नेकपा ( एमाले ) अहिले भने महोत्तरीमा बलियो बनेको छ । एमालेको १२ हजार ५ सय सदस्य रहेकोमा पूर्व माओवादी केन्द्रबाट थप ८ हजार ५ सय सदस्य थपिएर २१ हजार सदस्य पुगेको एमाले महोत्तरी जिल्ला कमिटी अध्यक्ष तथा केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले बताए ।

No description available.

महोत्तरीमा एमाले प्रबेशको लहर

माओवादी केन्द्रबाट रामबहादुर थापा बादल नेतृत्वमा एमाले प्रवेश गरेर एमाले केन्द्रीय सदस्य एवम् महोत्तरी जिल्ला अध्यक्ष टेकहादुर बलम्पाकीले पूर्वमाओवादी केन्द्र र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका अधिकांश कार्यकर्ता एमालेमा समाहित भएको बताएका छन्।

No description available.

उनले विप्लव नेतृत्वको नेकपाका प्रदेश २ का सबैजसो नेता–कार्यकर्ता एमाले प्रवेश गरेको दाबी गरे। महोत्तरीमा चार वटा प्रतिनिधिसभा चुनाव क्षेत्र, आठ प्रदेशसभा क्षेत्र, १५ पालिका र १४१ वडा रहेका छन्। ती सबैबाट माओवादी केन्द्रका ७ हजार नेता कार्यकर्ता एमालेमा समाहित भएको उनको दाबी छ।

No description available.

माओवादीकेन्द्रका प्रदेश कमिटी सदस्य राजेन्द्र साह, रामआधार कापर, बलिराम यादव, भरत यादव, राजकिशोर यादव, लक्ष्मण मण्डल, फाल्गुन सुस्लिङ्, केदार बस्नेत, प्रेमध्वज लामा, बिकरू पासवान, कासिम नदाफ, समीर राना, तेजप्रसाद अधिकारीलगायत नेता–कार्यकर्ता पनि औपचारिक रूपमा एमालेमा समाहित भएको बलम्पाकीले बताए।

No description available.

नेकपा (विप्लव) को केन्द्रीय सल्लाहकार बलबहादुर बलम्पाकी, महोत्तरी सेक्रेटरी भीमबहादुर आले, सिरहा(सप्तरी इञ्चार्ज अमर धमला, महोत्तरी इञ्चार्ज रूपेश कार्की औपचारिक रूपमा एमाले प्रवेश गरेका छन्। बलम्पाकीले एमालेमा समाहित पूर्वमाओवादी कार्यकर्ताको फेहरिस्त नै प्रस्तुत गरे।

No description available.

उनका अनुसार, विप्लवको पूर्व महोत्तरी इञ्चार्ज प्रेमबहादुर राना, विप्लवकै महिला संगठन अखिल नेपाल महिला संघको जनपुर ब्युरो संयोजक सर्लाहीकी रीता मैनाली पनि एमाले भएका छन्।

विप्लवकै युवा संगठन नेपाल महोत्तरी जिल्ला संयोजक र केन्द्रीय सदस्य सत्यनारायण महतो पनि एमाले प्रवेश गरेका छन्। उनीहरू सबै जना एमालेको असोज १५- १७ गतेसम्म चलेको विधान महाधिवेशनमा प्रतिनिधि बनेर गोदावारी गएको नेता बलम्पाकीले बताए।

त्यस्तै विप्लवबाट सिरहाबाट माया तामाङ, नेपाल महिला संघ क्रान्तिकारी पृथीमाया थापा, विप्लवको महोत्तरी जिल्ला सदस्य श्याम आले, रामबहादुर थापालगायत एमाले प्रवेश गरिसकेका छन्।

No description available.

विप्लवकै अखिल नेपाल महिला संघको महोत्तरी जिल्ला सचिव उषा श्रेष्ठलगायत पनि एमाले प्रवेश गरेको नेता बलम्पाकीले जानकारी दिए।

विप्लव नेतृत्व नेकपाका महोत्तरी जिल्ला सदस्य तथा तामाङ् मुक्ति मोर्चाका केन्द्रीय सदस्य हेमलाल तामाङ र बाबुलाल लामा पनि औपचारिक रूपमा एमाले प्रवेश गरेका छन्।

बलम्पाकीका अनुसार विप्लवका दिलबहादुर बलम्पाकी र राजु दर्लामी पनि एमाले बनेका छन्। बलम्पाकीले भने, अहिले एमाले प्रवेशको लहर नै चलेको छ।No description available.

माओवादी केन्द्रका प्रभावशाली नेताहरू रूद्र किङ्ररिङ र विन्दु किङ्रिङ् पनि एमाले प्रवेश गरेका छन्। राजपाका केन्द्रीय सदस्य गिरिजानन्दन मिश्र र राजेश झा पनि एमाले छिरेका छन् भने जनमुक्ति पार्टीका केन्द्रीय सदस्य कुमार सुस्लिङ् र शम्शेर जर्घा पनि एमाले प्रवेश गरेका छन्।

No description available.

बर्दिबासमा कांग्रेसका युवा नेता खड्का एमाले प्रबेश

नेपाली कांग्रेसका युवा नेता टुकबहादुर खड्का एमाले प्रबेश गरेकाछन् । एमालेको बर्दिबास १ वडा कमिटीले आयोजना गरेको दशैको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा खड्का एमाले प्रबेश गरेका हुन् ।

No description available.
खड्कालाई एमाले केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकी , प्रदेश सांसद तथा एमाले प्रदेश कमिटी सदस्य शारदा थापा , प्रदेश कमिटी सदस्यद्वय शन्त परियार , केदार बस्नेत लगायतले अबिर लगाएर एमाले प्रबेश गराएका थिए । सो अबसरमा खड्कासँगै कांग्रेसकै नरमाया अधिकारी पनि एमाले प्रबेश गरेकी थिईन् ।

एमालेका तन्नेरीभन्दा जोशिला वयोवृद्ध नेता प्रेमबहादुर

No description available.
वयोवृध्द नेता प्रेमबहादुर राना मगर गएको माघदेखि ७८ वर्षका भए तर उनको सक्रियता तन्नेरी वयका नेता–कार्यकर्ताभन्दा कम छैन । एउटा हिरो स्पिलेण्डर मोटरसाइकल चढेर बर्दिबास नगरपालिकाका गाउँहरू दिनहुँ चहार्नु उनको दिनचर्या हो । दिनहुँ गाउँ चहार्नुको गुह्य कारण हो – नेकपा एमालेको संगठन विस्तार गर्नु।

महोत्तरीको बर्दिवास- ८ का वयोवृध्द नेता राना मगरलाई यतिबेला एमालेको गाउँ र टोल कमिटीहरू गठनको चटारो छ। अर्को महिना हुने एमालेको महाधिवेशनअघि नै बर्दिबासका सबै गाउँ र टोलहरूमा सङ्गठन निर्माण र विस्तारलाई फत्ते गर्न लागिपरेका छन् उनी।

गत महिना ललितपुरको गोदावारीमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी बनेर फर्किएपछि उनी एमालेको संगठन विस्तारमा लागेका हुन्।

कम्युनिष्ट आन्दोलनसँगको उनको साइनो निकै पुरानो छ। शायद् एमालेमा थोरै मात्र नेता होलान् उनीजत्ति पुराना । २०२६ सालबाट झापा आन्दोलनबाट प्रभावित भएर किसान आन्दोलनमा लागेका थिए उनी ।

२०३६ सालमा ऋषि देवकोटा आजादबाट कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए रानाले। मोहनविक्रम सिंह, निर्मल लामा, रुपलाल विश्वकर्मा, जयगोविन्द साहसँगै उनी कम्युनिष्ट आन्दोलनमा सहभागी भएका थिए।No description available.

२०३६ सालमा प्रहरीसँग भिडन्त हुँदा रानामाथि प्रहरीले गोली चलाएको थियो तर अघिल्तिर रहेका उनका भतिजा कृष्णबहादुर रानाले आफ्नो छातीमा गोली थापे र उनलाई बचाएका थिए। प्रहरीको गोली लागेर उनका भतिजा कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। उनी भने भाग्न सफल भएका थिए।No description available.

नेकपा (चौथो महाधिवेशन) कम्युनिष्ट पार्टीहरू टुक्रैटुक्रा बनेपछि उनी मोहन वैद्य र प्रचण्डतिर लागे। प्रचण्डको नेतृत्वमा भएको १० वर्षीय सशस्त्र आन्दोलनमा होमिए ।

०६९ सालमा वैद्य नेतृत्वमा माओवादी फुट्यो । राना पनि बादल, विप्लवसमेत रहेको वैद्य नेतृत्वको नेकपामा लागे– उनी । वैद्यसँग विप्लव अलग भएपछि उनी विप्लवसँग लागे ।No description available.

विप्लव शान्तपूर्ण राजनीतिमा आएपछि उनी अहिले बादलसँगै एमाले बनेका छन्। उनले भने, ‘सबै क्रान्तिकारीहरू एमालेमा गोलबध्द हुनेक्रममा म पनि एमालेमा लागेँ । अब सक्रिय राजनीतिमा फर्किएको छु।’ एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी अडान र देश विकासको दृढ आकांक्षाले प्रभावित भएर एमाले बनेको उनको तर्क छ।

उनलाई एमाले भित्र्याउन पहल भने एमाले केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले गरेका हुन्, जो राना मगरसँगै विप्लवको पार्टीमा थिए ।No description available.

बलम्पाकीले भने,’७८ वर्षको उमेरमा पनि एमालेको सङ्गठन विस्तारमा उहाँले देखाएको सक्रियता युवा नेता–कार्यकर्तालाई थप उर्जा थपेको छ।’

 

adb bank long