कैलालीमा चक्कु प्रहार गर्दा किशोरको मृत्यु, एक पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

धनगढी । कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या आरोपमा किरण साउदलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार आपसी विवादका क्रममा भजनी नगरपालिका ३ बस्ने १८ वर्षीय साउदले अनुपलाई चक्कु प्रहार गरेका हुन ।
एसपी अधिकारीका अनुसार चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको र चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long