नेकपा एमाले कानुन इलाकामा नयाँ नेतृत्व

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अहिले अधिवेशन चलिरहेको छ । यसैक्रममा आज काठमाडौमा रहेको कानुन इलाकाको अधिवेशन सम्पन्न भएको छ ।

कानुन इलाका अन्तर्गत सर्बोच्च अदालत, उच्च अदालत पाटन,काठमाडौ जिल्ला अदालत, भक्तपुर जिल्ला अदालत र ललितपुर जिल्ला अदालतको आज अधिवेशन सम्पन्न भएको हो ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सबै अदालत इलाकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेम्वाङले कार्यक्रममा बोल्दै नेकपा एमालेलाई हराउन सक्ने शक्ति कोही पनि नभएको बताउँदै आगामी तीनै तहको निर्वाचनमा एमाले प्रथम पार्टी भएर निस्कने बताए । त्यस्तै उनले एमालेले कसैलाई लाखापाखा नगरी सबैलाई समान जिम्मेवारी दिने पनि बताए ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुजिता शाक्य,माधव ढङ्ु्गेल, पूर्व न्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरी भट्टराईलगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

आज भएको अधिवेशनबाट सर्बोच्च अदालतमा श्याम खत्रीको नेतृत्वमा कार्यसमिति चयन भएको छ । त्यस्तै उच्च अदालत पाटनमा काशीनाथ अर्याल ,भक्तपुरमा मोहन श्रवण श्रेष्ठ,काठमाडौ जिल्ला अदालतमा कुमारप्रसाद आचार्य, र ललितपुर जिल्ला अदालतमा बालकृष्ण श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long