जलवायु परिवर्तनमा पर्यावरणमैत्री यौनको भूमिका कस्तो हुन्छ ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

ब्रह्माण्डमा तीव्र गतिमा भइरहेको जलवायु परिवर्तन र त्यससम्बन्धी बहसमा कार्बन उत्सर्जन घटाउने उपायबारे बेलाबखत चर्चा भइरहन्छ । तर त्यसमा मानव प्रजातिको यौन जीवनलाई भने कहिल्यै प्राथमिकतामा राखिएको हुँदैन । तर पनि वनस्पतिबाट बनेको गर्भ निरोधक साधन र दीर्घ उपयोगी कण्डमको उत्पादनबारे भने केही वर्षयता वेबसाइटमा खोजी गर्ने क्रम वृद्धि भइरहेको छ ।

पर्यावरणमैत्री यौन सम्बन्ध के हो ?
नाइजेरियाकी वैज्ञानिक एडनिके अकिन्सेमोलो भन्छिन्, ‘केही व्यक्तिका लागि यौनिक रूपमा पर्यावरणमैत्री हुनु भनेको घरमा यौन क्रियाकलापमा प्रयोग हुने तेल, खेलौना, बिछ्याउने कपडा, कण्डमजस्ता सामग्री रोज्नु हो‚ जसले घरको वातावरणमा कम प्रभाव पार्छ । र व्यवसायीका लागि अश्लील चलचित्र बनाउँदा कामदारहरू र वातावरणमा हुनसक्ने क्षति कम गर्नु हो । यी दुवै उदाहरण उत्तिकै महत्त्वपूर्ण र मान्य छन् ।’

संयुक्त राष्ट्रसङ्घको जनसंख्यासम्बन्धी कोषको रिपोर्टअनुसार प्रत्येक वर्ष १० अर्ब पुरुषले प्रयोग गर्ने लेटेक्स कण्डम उत्पादन हुन्छ । तीमध्ये अधिकांशलाई प्रयोगपछि फोहोर फाल्ने ठाउँमा फाल्छन् । रसायनको प्रयोग हुने भएकाले ती कण्डमहरू पुनः प्रयोग गर्न मिल्दैन । रोमन सभ्यतामा कण्डमहरू भेडाको आन्द्राबाट बन्ने गर्थ्यो । यस्ता साधनहरू पूर्ण रूपमा सडेर माटोमा मिल्थ्यो । तर यसले यौन रोगबाट भने सुरक्षा दिँदैनथ्यो । कण्डममा प्रयोग हुने तेल पेट्रोलियम पदार्थमा आधारित र जीवाश्म इन्धनयुक्त हुन्छ ।

त्यसैले पानीमा आधारित अर्ग्यानिक कण्डम उत्पादनमा वृद्धि भएको छ । अहिले घरेलु उत्पादनका उपायहरू अझ लोकप्रिय भइरहेका छन् । डा. टेसा कमर्सले टिकटकमा यौन स्वास्थ्यबारे भिडिओ राख्छिन् । उनको टिकटकमा १० लाखभन्दा बढी फलोअर छन् । डा. टेसा कमर्सले एक प्रकारको पिठो र पानीबाट घरमै तेल बनाउने तरिकाबारे भिडिओ बनाएकी छन् ।

उक्त भिडिओ ८० लाख पटक हेरिएको छ । पानीमा आधारित तेलहरू, अर्ग्यानिक र वानस्पतिक कण्डमहरू दिगो यौन जीवन चाहनेका लागि राम्रो रोजाइ भएको बताउँछिन् वैज्ञानिक आकिन्सेमोलो ।

त्यसरी बनेका साधनले वातावरणमा कम हानी पुर्‍याउनुका साथै प्रयोग गर्नेलाई समेत आनन्द प्रदान गर्छ । तर यस्ता हरित उत्पादनहरूको प्रयोगमा भने सावधानी अपनाउनुपर्ने हुन्छ । अरू साधन जसरी अर्ग्यानिक साधन प्रयोग गर्दा फुट्ने जोखिम हुन्छ । गर्भ निरोधकको रूपमा अर्ग्यानिक र पर्यावरणमैत्री साधन प्रयोग गर्ने निर्णय लिनुअघि चिकित्सक वा परिवार नियोजन विज्ञसँग सल्लाह सुझाव लिनुपर्छ । ‘सेक्स टोय’ अर्थात् यौन आनन्द लिन प्रयोग गरिने खेलौना प्लास्टिकबाट बनेका हुन्छन् ।

विकल्पहरूमा सिसा र स्टिलबाट बनेका खेलौनाहरू पनि हुन्छन् । रिचार्ज गरेर प्रयोग गर्न सकिने खेलौनाहरू प्रयोग गर्दा पनि फोहोर घटाउन सकिन्छ । अहिले सौर्य ऊर्जाबाट चल्ने सेक्स टोय पनि बजारमा उपलब्ध छन् । ‘लभ हनी’जस्ता कतिपय कम्पनीले साधारण रूपमा पुनः प्रयोग गर्न नसकिने सेक्स टोयको पुनः प्रयोगका लागि काम गर्दै आएका छन् ।

यौनजन्य फोहोर कम गर्न सकिने अरू उपायहरू
मानव जीवनका अन्य सरल पक्षहरू‚ जसमा परिवर्तन गर्दा पनि यौनजन्य फोहोरमा कम गरी पर्यावरण जोगाउन सकिन्छ । जस्तै: नीतिसंगत रूपमा बनेका महिलाका भित्री वस्त्र र अन्य लुगा खरिद, नुहाउँदै गरिने यौनक्रिया, तातोपानीको कम प्रयोग, बत्ती निभाउने, धोएर फेरि प्रयोग गर्न मिल्ने कपडाको छनोटजस्ता काम गरेमा पर्यावरणमा पुग्ने हानिलाई केही कम गर्न सकिन्छ ।

हामीले सामान किन्दा प्याकिङका लागि प्रयोग भएको वस्तु पनि फोहोरकै रूपमा खेर जान्छ ।

न्ययोर्कस्थित जीरो वेस्ट इन्फ्लूएन्सर लरेन सिङ्गर सामानबाट निस्कने फोहोर घटाउन कम्पनीले धेरै काम गर्न सक्ने बताउँछिन् । दैनिक प्रयोगमा आउने गर्भ निरोधक चक्की, कण्डम, तेल सबै प्याकिङ गरेर मात्र बजारमा पठाइन्छ । प्याकिङका लागि प्रयोग भएका सामग्रीहरू फोहोरमा फालिन्छ । आईयूसीडी र ईम्पान्टहरू लामो समयसम्म प्रयोग हुने गर्भ निरोधक साधन हुन् ।

त्यसले फोहोर कम हुने भए पनि त्यसका आफ्नै जोखिमहरू छन् । लरेन फोहोरमुक्त जीवन बिताइरहेकी छन् । उनले सन् २०१२ यता पुनः प्रयोगमा नआउने सामान एउटा बाकसमा जम्मा गरेर राखेकी छन् । लरेनको बाकसमा कण्डम भेटिँदैन । किनभने उनलाई सङ्क्रमणबाट जोगिन मात्रै कण्डम काम लाग्छ भन्ने थाहा छ । त्यसैले उनी आफ्नो यौन साथीलाई आफूसँग सम्बन्ध राख्न आउनुअघि परीक्षण गर्न अनुरोध गर्छिन् ।

उनी भन्छिन्, ‘मसँग यौन सम्पर्क गर्ने एक जनामात्रै साथी छन् । यदि तपाईँ आफ्नो यौन साथीसँग सम्बन्ध राख्नुअघि परीक्षण गरेर आऊ भन्न असहज महसुस गर्नुहुन्छ भने तपाईँले ती साथीसँग यौन सम्बन्ध नराख्नु नै उचित हुन्छ ।’ तर इच्छा नभई राखिएको गर्भ र यौन रोगले पर्यावरणका लागि अझ बढी हानी पुग्नेबारे लरेन सतर्क छिन् ।

लरेन थप्छिन्, ‘हामीले के फोहोर उत्पादन गर्ने‚ के नगर्ने भन्नेबारे सोच्नुपर्छ । तर मानिसहरूले फोहोर गर्नुहुन्न भन्ने पक्षलाई मात्र ध्यान दिएर कण्डम प्रयोग नगर्ने वा प्रजनन नियन्त्रण नै नगर्ने चाहिँ गर्नु भएन । तपाईँ र तपाईँको यौन साथी सुरक्षित रहनु महत्त्वपूर्ण हो । ’

सन्तान उत्पादनको प्रभाव जलवायुमा
सन्तान उत्पादनमा यौन र पर्यावरणको सङ्घर्ष हुने गर्छ । सन् २०१७ मा गरिएको एक अध्ययनमा कार नचढी जीवन निर्वाह गर्ने हो भने वर्षमा २.३ टन कार्बन डाइअक्साइड उत्सर्जन कम हुने पत्ता लागेको थियो । त्यसैगरी वनस्पतिबाट उत्पादन हुने खाद्यपदार्थ प्रयोग गर्दा ०.८ टन कार्बन उत्सर्जन घटाउन सकिने पनि अध्ययनले देखाएको थियो ।

त्यस्तै कुनै विकसित देशमा बसेर बच्चा जन्माएमा वर्षमा ५८.६ टन कार्बन उत्सर्जन घटाउन सकिन्छ । कम विकसित देशमा भने त्यहाँका नागरिकले उत्सर्जन गर्ने कार्बन पनि थोरै नै हुने अनुसन्धानले देखाएका छन् । पूर्वी-अफ्रिकाको एक देश मलावीमा एक बच्चा जन्माउँदा ०.१ टन मात्रै कार्बन उत्सर्जन हुन्छ । विश्वका केही प्रभावशाली व्यक्तिहरूले भने बच्चा जन्माउने विषयमा फरक मत राखेको पाइन्छ ।

सन् २०१९ मा बेलायतका राजकुमार ह्यारी दम्पतीले बढीमा दुई सन्तान जन्माउने बताएका थिए । ह्यारीले यो निर्णयको पछाडि पर्यावरण प्रमुख कारण रहेको बताएका थिए । अमेरिकी सांसद अलेक्जेन्ड्रिया ओकासियो कार्टेजले सन् २०१९ मा एक जलवायुसम्बन्धी बैठकमा आफ्नो सन्तानको भविष्यबारे थाहा पाएपछि आमा बन्ने सपना तितो लाग्न थालेको बताएकी थिइन् ।

विश्वका धेरै देशमा अहिले जन्मदर घट्ने क्रममा छ । तर दशक लामो यो प्रवृत्तिलाई जलवायु परिवर्तनसँग मात्र दाँजेर हेर्न भने सकिँदैन । बेलायतका वैज्ञानिकहरूको विश्वव्यापी सर्वेक्षणमा सहभागी १० हजार युवामध्ये तीनचौथाई युवाले भविष्य डरलाग्दो भएको बताएका थिए । करिब ४१ प्रतिशतले जलवायु परिवर्तनलाई कारण देखाउँदै बच्चा जन्माउन सङ्कोच व्यक्त गरेका थिए ।

बीबीसीबाट

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long