माओवादीका कार्यकर्ताको खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता गम्भीर घाइते

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा स्थानीय माओवादी केन्द्रका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट आठबिसकोट नगरपालिका वडा नम्वर ३ स्यालाखदीका २३ वर्षीय कर्णबहादुर बोहरा गम्भीर घाइते भएका छन् ।

पुरानो राजनैतिक रिसिइबी, खानेपानी मुहानको पुरानो विवादको कारण घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार घाइते बोहराको मुख, चिउँडो र टाउकोमा गम्भीर चोट लागेको छ ।

उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार भौगोलिक रुपमा विकट र त्यहाँ प्रभावकारी उपचारको व्यवस्था नभएकोले हेलिकोप्टरमार्फत थप उपचारको लागि बाहिर लैजान पहल भैरहेको छ ।

घटनामा संलग्न हुनेहरुमा स्थानीय १८ वर्षका महेन्द्र विक, २४ वर्षका गोपाल विक, २१ वर्षका विष्णु कामी, २२ वर्षका कृष्ण विक रहेको प्रहरीले जनाएको छ । उनीहरु फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long