nepal telicom

प्रतिनिधिसभाको वैठक आज दिउसो १ बजे बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आईरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आईरहेका छन् ।

एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।

संसद्लाई विना अवरोध चलाउने वा संसदको जारी अधिवेशन अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । यसअघि, सभामुखले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो ।

आजको संसद् बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 

adb bank long