गण्डकी प्रदेश : प्रहरीमाथि जाई लाग्नेलाई मन्त्री, विन्दुको नाम देउवाले काटे

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । लामो समयपछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण मन्त्रीमण्डल विस्तारमा अवरोध भएपनि मुख्यमन्त्री कृष्णचनन्द्र पोखरेल नेपालीलेले मन्त्रीमण्डल विस्तार गर्न लागको छन् । नेपाली स्वयम् देउवाविरोधी अर्थात रामचन्द्र पोखरेल पक्षधर भनेर चिनिन्छन् ।

पार्टीभित्र आन्तरिक सन्तुलन मिलाउने भनेर मन्त्रीहरुको नाम तय भएपनि संस्थापन पक्षका नेता गोपालमान श्रेष्ठका पिए रहेका मेखलाल श्रेष्ठलाई सामाजिक विकासमन्त्री बनाउँदा पार्टीभित्र विरोध आएको छ ।

मन्त्री भएका श्रेष्ठ उनै सांसद हुन् जो प्रहरीमाथि हातपात गरेको भनेरसामाजिक संजालमा विवादमा आएका व्यक्ति हुन । तर श्रेष्ठको चर्को दबाबाका कारण मेखलाललाई मन्त्री बनाउन बाध्य भएको श्रोत बताउँछ । उता संस्थापन पक्षका भनेरचिनिएका विन्दूलाई मन्त्री बनाउन रामचन्द्र पौडेलपक्षले चर्को दबाब दिई पार्टीले निर्णय गर्दा पनि बिचबाटोमा टिपेक्स लगाएको छ ।

कांग्रेसले आज तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो । छानिएका तीन मन्त्रीमध्ये मणिभद्र शर्मा र मेखलाल श्रेष्ठले सपथ लिँदैछन् । तर, दोबाटे विकको नाम भने अन्तिम समयमा काटिएको छ । मणिभद्र पर्यटन र मेखलाल सामाजिक विकासमन्त्री नियुक्त गरिएको बताइएको छ ।

शेरबहादुर देउवा पक्षीय कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई कानूनमन्त्री बनाउन माथिबाट दबाब परेपछि रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका उनी निकट दोबाटे विकको नाम काटिएको स्रोतले जनाएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long