काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवाद पेचिलो बनिरहेका बेला नयाँ ट्वीस्ट भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुरमा नेपालबीच संवादको तयारी भईरहँदा एकथरीले उपाध्यक्ष डा.भीम रावललाई कार्यबाहक अध्यक्ष बनाएर विवादको समाधान रोक्ने सुत्र अघि सारेका छन् ।
अध्यक्ष ओलीका कटु आलोचक र नेपाल विश्वासपात्रका रुपमा रहेका रावललाई केहीदिन अघि ओलीले डेढघण्टा भेटेपछि परिस्थितिले नयाँ मोड लिदै १० बुँदे एकताको प्रस्ताव अघि आएको थियो ।
त्यसका लागि रावललको भूमिका महत्वपूर्ण भूमिका रहेको थियो । त्यसकारण पनि ओलीले रावललाई रुचाएका छन् । ओलीपछिको भेटपछि रावललाई कार्यबाहक अध्यक्ष बनाउने चर्चा चलिरहेको छ।
नेकपा एमालेका उपाध्यक्ष रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएअनुसार रावलले राजिनामा फिर्ता गर्न लागको हुन । हिजो विहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए ।
ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । उनले नेपाललाई एकताबाट अन्यत्र नजान आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए ।
१० बुँदे सहमति गराउन माधव नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा सभामुखसमक्ष पुगे पनि स्वीकृत भएको छैन । रावल पछिल्लो समय एमाले मिलाउने अभियानमा निर्णायक भूमिकामा छन् । उनले एमाले एकता जोगाउनुपर्ने भन्दै देउवा सरकार जोगाउने जिम्मा आफूहरुको नरहेको बताएका छन् ।