कतारी राजा र प्रधानमन्त्री प्रचण्डबीच द्धिपक्षिय भेटबार्ता, निर्धारित समयभन्दा डेढ घण्टाअघि स्वदेश फर्कदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डलबीच आज भर्खरै भेटवार्ता भएको छ।

कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीच सोल्टी होटलमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल-कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गरेका छन्। सम्झौता र दिवाभोज पछि उनी स्वदेश फर्किने तयारीमा रहेका छन् । 

कतारी विशिष्ट अतिथि आजै १२ः४०मा काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । पूर्व निर्धारित कार्यक्रम अनुसार दिउँसो २:१० मा फर्किने भनेता पनि उनी डेढघण्टा अगाडी नै फर्किन लागेका हुन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long