एमाले बझाङका उम्मेदवारलाई पितृशाेक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

बझाङ। बझाङ प्रदेश सभा क्षेत्र नं १ काे उप-निर्वाचनका उम्मेदवार दमन बहादुर भण्डारीलाई पितृशाेक परेकाे छ। नेकपा (एमाले)का उम्मेदवार भण्डारीका बुवा चक्र बहादुर भण्डारीकाे ८८ बर्षकाे उमेरमा मंगलवार बिहान निधन भएकाे हाे ।

उप-निर्वाचनकाे चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाकाे निधन भएपछि एक दिनलाइ प्रचार प्रसार स्थगित गरिएकाे एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए।

मृतक भण्डारी दुई हप्तादेखि बिरामी रहेका थिए। छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारीगाउँ निवासी उनकाे अन्तिम संस्कार बुधवार बिहान गरिने आफन्तजनले बताएका छन्।

बुधवार देखि नै चुनावी अभियानलाइ निरन्तरता दिइने इन्चार्ज रावले जानकारी दिए। गत निर्वाचनमा बझाङ-१ बाट निर्वाचित पृथ्वी बहादुर सिंहकाे सवारी दुर्घटनामा मृत्यु भएपछि यहि बैशाख १५ गते उप-निर्वाचन हुदैछ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long