कतारी राजाको सुरक्षामा १० हजार सुरक्षाकर्मी, बाटो पुरै खाली हवाईगस्ती समेत हुने !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको दुईदिने राजकीय भ्रमणमा सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

भ्रमणकाे अघिल्लो दिन सोमवार देखि नै सुरक्षाका लागि गुप्तचर निकायका सुरक्षाकर्मी खटाइसकिएकाे बताईएको छ ।

५० भन्दा बढी कतारी सुरक्षा निकायकाे टोलीले निगरानी गरिरहेकाे छ । सादा पोशाकमा परिचालित भएको कतारी सुरक्षा समूह अहिले काठमाडाैंकाे सुरक्षा निगरानीमा व्यस्त छ ।

दुई निजी जहाज लिएर पहिलोपल्ट नेपाल आउँदै गरेका कतारका राजाकाे सुरक्षामा सरकारले कडा सुरक्षा प्रवन्धकाे तयारी गरेकाे हाे । कतारी राजासँगै उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री नेपाल आउँदैछन्।

मङ्गलबार उनीहरूकाे सुरक्षाका लागि सेनासहित प्रहरी लगायतका सुरक्षाकर्मीले कडा पहरा दिने भएका हुन् ।

कतारी राजाकाे सुरक्षाका लागि करिब १० हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिने गृहमन्त्रालयले जनाएकाे छ ।

सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन हुनेछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् ।

कतारी राजा मंगलबार साँझ ५ः३५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछन् । तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी राजा बंगलादेश हुँदै नेपाल आउँदैछन्।

कतारी राजासहितकाे टाेली सोल्टी होटलमा बस्ने जनाइएकाे छ । सुरक्षामा सेनाले हवाई गस्ती पनि गर्ने छ ।

कतारी राजा हिँड्दा सडकमा अन्य गाडी र पैदलयात्रीको आवतजावत बन्द गरिनेछ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long