गोरूसंग मोटरसाईकल ठोक्किदा प्रहरी हबल्दारको ज्यान गयो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

बुटवल । रुपन्देहीको भैरहवामा गोरूसंग मोटरसाईकल ठोक्किँदा प्रहरी हबल्दारको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत सुरेश बहादुर चन्द गस्तीमा गएका बेला गोरूसंग मोटरसाईकल ठोक्किएको थियो ।

शुक्रबार राति ८ बजे मोटरसाइकलमा गस्ती ड्युटी गएका बेला मोटरसाइकल दुर्घटनामा घाइते कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दारको सुरेशबहादुर चन्दको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

गस्तीका बेला चन्दले चलाएको मोटरसाइकल गोरुसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।उनीसँगै मोटरसाइकल पछाडि बसेर गस्तीमा गएका अर्का प्रहरी जवान ३० वर्षीय टोपबहादुर बस्नेत घाइते भएका छन् । उनको अहिले उपचार जारी छ भने अवस्था मध्यम रहेको जनाइएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long