काठमाडौ । नयाँ बर्षको पूर्वसन्ध्यामा काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा अचानक आगलागी भएको छ ।
शुक्रबार साँझ जेनेरेटर राख्ने स्थानमा भएको आगलागी दमकलको सहयोगमा निभाइएकाे जिल्ला प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति भएकाे छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।