तुलसीपुर उपमहानगरको ३२औँ स्थापना दिवस : विकासमा राजनीति नगर्न आह्वान

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो ३२औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसलाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्वर ३ का सांसद दिपक गिरीले तुलसीपुरको विकासकालागि सबै दल एकजुट हुनुपर्ने बताए । ‘हामी फरक दलबाट चुनाव जितेका छौँ । दल फरक भएपनि यस क्षेत्रको विकासकालागि दलभन्दा माथि उठेर एकजुट हुनुपर्छ ।’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद गिरीले भने ‘मैले विकासका सवालमा कसैलाई पक्षपात गर्ने छैन् ।’ तुलसीपुरको सम्वृद्विकालागि टरीगाउँ विमानस्थल स्तरोन्नती गर्नुपर्नेमा जोड दिँदै त्यसकालागि जनदबाब आवश्यक रहेको बताए ।

तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासकालागि आफू प्रतिबद्व भएको भन्दै त्यसकालागि सबै दलको सहयोग अपरिहार्य भएको बताए । कहिलेकाहीँ दलीय आस्थाका कारण विकास निर्माणमा समस्या उत्पन्न हुने भन्दै मेयर खड्काले विकासमा कसैले पनि राजनीति गर्न नहुने बताए । टरीगाउँ विमानस्थल विस्तार गर्न आफू प्रतिबद्व भएको भन्दै मेयर खड्काले विमानस्थल विस्तार स्थानीय सरकारले गर्न नसक्ने भएकाले त्यसकालागि प्रदेश र संघीय सरकारलाई दबाब दिनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर स्यानी चौधरी,नेपाली काँग्रेसका नगर सभापति सुरेर हमाल,एमालेका सचिव रूपबहादुर  खत्री,माओवादी रामबहादुर दहित लगाएतकाले आफूहरू विकासकालागि एकठाउँमा उभिने प्रतिवद्वता जनाए । स्थापना दिवसमा उत्कृष्ट काम गरेको भन्दै वडा नम्वर १८ का सचिव रामकुमारी मरासिनी र जनस्वास्थ्य फोकल पर्सन विमल केसीलाई सम्मान गरिएको छ । त्यसैगरी सर्प उद्दारकर्ता प्रभात भण्डारीलाई समेत सम्मान गरिएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long