अञ्जानको भाग्य ‘अञ्जान’ मै चम्कियो, बनिन् राष्ट्रियसभा सदस्य !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेको बिदेश विभाग सदस्य समेत रहेकी पूर्व राजदुत अञ्जान शाक्यको भाग्य ‘अञ्जान’ अर्थात् थाहै नपाई चम्किएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नका लागि सिफारिस गरेको छ ।

नयाँ गठबन्धन बन्नु अघि राष्ट्रपतिबाट मनोनित कोटामा जनमोर्चाकी दुर्गा पौडेलका लागि भाग छुट्याइएको थियो ।

तर नयाँ गठबन्धन बनेसंगै इजरायलका लागि पूर्व राजदूत शाक्य सिफारिस भएकी हुन् । शाक्य राजदुत हुनु अगाडी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् ।

शाक्यलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत नियुक्त गरेको थियो । ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long