आज घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, यसकारण मनाईन्छ घोडेजात्रा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । आज घोडेजात्रा । यो पर्व प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने गरिन्छ । यसै अवसरमा सरकारले काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्राचीन जनविश्वास अनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो ।

यसै भय(डर)का कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी ‘गुरुमापा’को आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्राचीन मान्यता छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख दिँदैन । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ ।

आजको दिन जङ्गबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long