७० बर्षीय बृद्धाको हत्या आरोपमा ३९ बर्षीय युवक पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सर्लाही । प्रहरीले सर्लाहीमा ७० वर्षकी वृद्धाको हत्या गरेको आरोपमा  ३९ वर्षका युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बागमती नगरपालिका वडा नं ४ जंगल टोल बस्ने बौधु महतोको श्रीमती  ७० बर्षकी पार्वती कुमारी महतो भन्ने पार्वती देवीको हत्या गर्ने रौतहटको बृन्दावन नगरपालिका– ५ नरकटिया घर भई हाल सर्लाहीको बागमती क्षेत्रमा मजुरी गरेर बस्दै आएका ३९ वर्षका प्रमोद झा भनिने प्रमोद चौधरीलाई पक्राउ गरेको छ ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयाधिनिध ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी घटनास्थल पुगेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पक्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रेस नोटका अनुसार यही चैत २० गते साँझ बागमती ४ जिरायतस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक हवल्दार बिमस विश्वकर्मा अफिसबाट खाना खान डेरामा जाने क्रममा सडक छेउमा रहेको बौधु महतोको घरमा मानिसहरु भेला भएको देख्छन् ।

घरको पालीको खाटमा विभत्स अवस्थामा पार्वतीको शव हुन्छ । तत्कालै उनले इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीलाई घटनको विषयमा जानकारी गराउँछन् । लगत्तै जिल्ला प्रहरी कार्यालयबाट एसपी ज्ञवाली र इन्सपेक्टर गिरीसहितको प्रहरी टोली घटनास्थल पुग्छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएपछि उनीहरु घटना अनुसन्धानमा लाग्छन् । बैधु महतोको घरको कोठामा राखिएको ७ बोरा धानमध्ये एक बोरा धान नभएको खुल्छ । त्यसपछि प्रहरी टोली बागमती नगरपालिका– ४ स्थित घिमिरे चोकमा रहेको किराना पसलमा जडान गरेको सीसीटीभी फुटेजको अनुसन्धानमा लाग्छ ।

सीसीटीभी फुटेजमा एक युवक एक बोरा धानको बोरा बोकेर नजिकैको किराना पसलमा गएको देखिन्छन् । सो धान पसलवालाले खरिद गर्दैनन् । त्यसपछि ती युवक सो धानको बोरा बोकेरै त्यहाँबाट हिँड्छन् । त्यसपछि प्रहरी धानको बोरा बोक्ने त्यो युवकको खोजीमा लाग्छ । खोज तलासकै क्रममा चैत २१ गते बिहान अन्दाजी सवा सात बजेको समयमा बागमती नगरपालिका– १ स्थित बागमती नहरको बाटोहुँदै तिनै युवक रौतहटतर्फ भाग्दै गरेको अवस्थामा फेला पर्छन् ।

घरमा अरु कोही नभएको बेला चौधरीले धान लुट्न खोजेपछि वृद्धाले प्रतिकार गर्दा नजिकै रहेको चिर्पट प्रहार गरेर वृद्धको हत्या गरेपछि उनले एकबोरा धान बोकेर हिँडेको पाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट वृद्धाको टाउकोमा प्रहार गरेको चिर्पट पनि बरामद गरेको छ । चौधरीले लुटेर लगेको धानसमेत प्रहरीले बरामद गरिएको गिरीले बताए । अनुसन्धानको क्रममा उनले वृद्धको हत्या आफूले गरेको स्वीकार गरेका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान अघि बढाइएको एसपी ज्ञवालीले जानकारी दिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long