एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

दाङ । नेकपा एमाले सल्यानको अधयक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् । पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा १ सय ९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी भएका छन् । उनका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७ मत ल्याएका छन् ।

सचिवमा १ सय ७३ मतका साथ पुष्पा बुढाथोकी निर्वाचिच बनिन् । उनका प्रतिस्पर्धी दिपेन्द्रप्रकाश डिसीले १ सय ४३ मत पाएका छन् । उपचचिवमा गणेशमान सिंह १ सय ८० मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी गन्जमान बुढाले १ सय १३ र महेश देवकोटाले १४ मत ल्याएका छन् । महिला उपसचिवमा सनशिलता वली डिसी १ सय ७३ मतका साथ विजयी भएकी छन् भने बुद्धकुमारी खत्रीले १ सय ४१ मत ल्याएकी छन् ।

विजयी सबै अध्यक्ष सेन प्यानलका हुन् । यहाँ उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेल समुह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनमा जम्मा ३ सय ३८ मत खसेको थियो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long