गृहले गर्यो ९ उपसचिवको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । बिहीवारको मन्त्रीपरिषदको बैठकले ११ सचिवको सरूवा गरेको हप्तादिन नबित्दै गृह मन्त्रालयले नौं जना उपसचिवको सरुवा गरेको छ ।

गृह मन्त्रालयले आज बुधबार नौं उपसचिवको सरुवा गरेको हो । जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरेको छ ।

त्यसैगरी उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृहमन्त्रालय, पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय, सीता परियारलाई इलाका प्रशासन कार्यालय साँखुबाट त्रिअवि अध्यागमन कार्यालयमा पठाइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यस्तै गृह मन्त्रालयले जिल्ला प्रशासन भोजपुरबाट मनिता श्रेष्ठलाई त्रिअवि अध्यागमन कार्यालय, शिवराज सेढाइलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र विजयाकुमारी प्रसाईंलाई इलाका प्रशासन कार्यालय साँखु सरुवा गरेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long