नयाँ सरकारले निम्त्याएको रेशम चौधरीका बुढाबुढीको झगडा हात हालाहालसम्म !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नागरिक उन्मक्ती पार्टीका रेशम चौधरी र रेशम पत्नी रञ्जिता चौधरीबिच नयाँ सरकार गठनसंगै बिजारोपण भएको दरार कुटाकुटको अबस्थामा पुगेको छ ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला दुईपक्षका नेताहरुबीच हात हालाहाल भएको स्रोतले जानकारी दिएको छ । वर्तमान नयाँ गठबन्धनमा सहभागी हुने रञ्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले हात हालाहालको अवस्था सिर्जना भएको नाउपाका एक नेताले जानकारी दिए ।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा हात हालाहालकै अवस्था सिर्जना भएको स्थानीय प्रत्यक्षदर्शीले समेत बताएका छन् । विवादका क्रममा टीकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हात हालाहाल भएको स्रोतले जनायो । उनीहरू दुवै जना रञ्जिता पक्षका हुन् ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ । रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रञ्जिता पक्ष भने त्यसको विपक्षमा छ । त्यस्तै केन्द्रमा रञ्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long