२६५ यात्रु बोकेको नेपाल एयरलाईन्सको जहाज बिचैबाट फर्कियो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि कतारको दोहाका लागि उडेको  जहाज काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ ।

उक्त जहाजमा २६५ जना यात्रु रहेको  जहाजमा  ‘हाइड्रोलिक सिस्टम’ मा समस्या देखिएपछि काठमाडौं फर्काइएको नेपाल एयरलाइन्सले जनाएको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए–३३० को हाइड्रोलिक्समा समस्या भएर शुक्रवार बिहान ३ बजे काठमाडौं फिर्ता गरिएको जानकारी दिएका छन् । ‘दोहा उड्दै गरेको जहाजको हाइड्रोलिक्समा समस्या देखिएपछि केही मिनेटमै काठमाडौं फिर्ता गरेर नर्मल अवतरण गराइएको हो’, उनले भने, ’जहाज अहिले ठीक भइसकेको छ । नियमित उडान अन्तर्गत दिल्ली उड्ने तयारीमा छ ।’

पटकपटक  सुधारको नाम दिएको नेपाल एयरलाईन्सका धेरै उडानमा यस्ता प्रकृतीका समस्या देखिईरहेको पाईन्छ । तर सुधार भएर ढुक्कसाथ उडान गर्नसक्ने अबस्था भने छैन ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long