एमाले उदयपुरको अध्यक्षमा राउत निर्वाचित

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित हुनुभएको छ । गएराती भएको निर्वाचनको अन्तिम परिणाम आउँदा राउत ३ सय ४४ मत प्राप्त् गरी निर्वाचित हुनुभएको हो ।

राउतसँग प्रतिस्पर्धा गर्नुभएका निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले २ सय ३० मत प्राप्त गर्नुभएको छ । घिमिरेलाई राउतले १ सय १४ मतको अन्तरले पराजीत गरी उदयपुर एमालेको नेतृत्व लिनुभएको हो । यसैगरी उपाध्यक्षमा कालुमान लामा एक मतले बिजयी हुनुभएको छ ।

बिजयी लामाले १ सय ९२ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी दिलबहादुर तामाङले १ सय ९१ र भरतबहादुर थापाले १ सय ३७ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिवमा टेकबहादुर राउत बिजयी हुनुभएको छ । राउतले १ सय ९१ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी महेश रोकाले १ सय ४० र शम्भु पौडेलले १ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

उपसचिव खुलातर्फ हेमबहादुर खडका निर्वाचित हुनुभएको छ । खडका १ सय ९४ मत प्राप्त गरी बिजयी बन्दा अन्य उम्मेदवारहरु जीवनाथ दाहाल १ सय ८, दुर्गानन्द चौधरी ५३, धर्मबहादुर तामाङ ४६ र मन्दिप राईले ९३ मत प्राप्त गर्नुभएको छ ।

महिला उपसचिवमा गंगा राई २ सय ६० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी महेश्वरी राईले १ सय ४९ र गीता खडकाले १ सय २५ मत प्राप्त गर्नुभएको छ । यसैगरी सदस्यहरुमा कुनै पालिकामा निर्वाचन र कुनै पालिकामा सर्वसम्मत भएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long