समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । माधव कुमार नेपाल अध्यक्ष रहेको सत्तारूढ दलको एक घटक नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय  बैठक आज आईतवार पार्टी मुख्यालय आलोकनगरमा बस्ने भएको छ ।
आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयबाट अनुमोदन गराउने मुख्य एजेन्टा रहेको छ ।

पार्टी सचिवालयका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको २७ सदस्यीय दस्तावेज लेखन समितिले सचिवालयमा सो दस्तावेज प्रस्तुत गर्नेछ।

सो दस्ताबेज सचिवालयबाट अनुमोदन भएमा महाधिवेसनको राजनीतिक दस्तावेजमा समावेश गरिने आजको मुख्य एजेन्डा रहेको बताईएको छ।

यसका साथै सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल गर्ने पनि जनाइएको छ। समाजवादीले आगामी जेठ देखि ७ गतेभित्र काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यशअघी नै गरिसकेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long