घरमा चट्याङ्ग लाग्दा १ को मृत्यु ७ घाईते

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । बझाङमा जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्वर ६ नौरामा गए राति साढे ९ बजेतिर घरमा चट्याङ लाग्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यसैगरी सोही घरमा रहेका अन्य ७ जना घाईते भएका छन् । जयपृथ्वी नगरपालिका–६ का वडा अध्यक्ष नरेन्द्रबहादुर सिंहका अनुसार घाइते हुनेहरुमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ बर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, ९ वर्षीय नितेश सिंह र १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् ।

घाइते सबैको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long