सीआईबी प्रमुख ज्ञवालीले बुझे ठुलामाछा समात्ने प्रतिवेदन !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । ‘सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख श्यामलाल ज्ञवालीले बुझेका छन्।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले यसअघी चेत १ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आफूले बुझेको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले प्रतिवेदनको सिफारिसको आधारमा दोषीमाथि कारबाही र कानुनी दायरामा ल्याउने भनि सो प्रतिवेदनलाई कार्यान्वयन गर्न शुक्रवार मन्त्रीपरिषदबाट निर्णय गरेका थिए ।

सोही अनुसार आज आइतबार गृह मन्त्रालयमा गृहमन्त्री  लमिछानेल गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्यामलाल ज्ञवालीलाई निर्देशन दिएका थिए ।

निर्देशन पश्चात् सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले उक्त प्रतिवेदन बुझेका हुन् । आयोगमा पूर्व न्यायाधीश आचार्यको नेतृत्वमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

उक्त प्रतिवेदनले उच्चपदस्थ नेता, प्रहरी, व्यापारी लगायतलाई कारवाही सिफारिस गरेको बुझिएको छ । सो प्रतिवेदन गृहमन्त्री , प्रधानमन्त्री हुँदै सीआईबी प्रमुखले बुझेपछि आम जनतामा ‘ठुलालाई चैन, सानालाई ऐन’ भन्ने कुरा नभई कानुनको नजरमा सबै बराबर भएको र ठुला माछा समेत कार्वाहीमा पर्ने कुराले खुशियाली छाएको छ । सीआईबी प्रमुख ज्ञवाली काबिल अफिसरको रूपमा चिनिन्छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long