रोकेको ट्रकमा बस ठोक्किंदा १ को मृत्यु ४ घाईते

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ अन्तर्गत पर्ने जलबीरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी अन्य चार जना यात्रु घाइते भएका छन् । मृतक र घाइते सबै भारतीय नागरिक भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

टायर पञ्चर भएर रोकिरहेको ट्रकमा गए राति बस ठोक्किँदा दुर्घटना भएको र मृत्तक, घाइते भारतीय नागरिक रहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेको प्रहरीले जनाएको छ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस सडक किनारमा रोकिराखेको ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको हो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long