रामेछापमा आगलागी १४ घर र १२ गोठ जलेर नष्ट

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्वर ९ को टारसिमन्ती भन्ने ठाउँमा आगलागी भएको छ ।

उक्त आगलागीबाट  १४ घर र १२ गोठ जलेका छन्। घर र गोठ जलेसंगै  ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् । भने  लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण घरमा भएका धनमाल जलेको छ।

बिषेशगरी नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो। अहिले आगो निभाइएको छ। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

अहिले अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ । उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक सङ्घसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने बताईएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long