राष्ट्रिय सभा अध्यक्ष निर्वाचनः २८ गते उम्मेद्‌वारी दर्ता

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं। राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते सोमबारका लागि तय भएको छ।

दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ सोमबार उम्मेदवारी दर्ता गर्ने सहमति भएको हाे ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो। समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य रहेका छन्।

राष्ट्रियसभा अध्यक्षका लागि मतदान फागुन २९ गते मंगलबार हुने छ। दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो। रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन्।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long