मन्त्री ज्वालाले राजीनामा नदिने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

नेताहरू भन्छन् : नगरेको गल्तीको सजाय भोग्नुपर्दैन

काठमाडाैं । गत पुस १३ गते २ जना युवकको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा ‘मुख्य दोषी’ भन्दै हात धाेएर राजीनामा दिनुपर्छ भनेर  पछि परेका मान्छेकाे काम असफल भएकाे छ ।

बालकुमारी घटना प्रकरण : आयोगले लियाे मन्त्री ज्वालाकाे बयान

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे राजीनामा मागिरहेका बेला नेकपा (एकीकृत समाजवादी)पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले कुनै पनि हालतमा ज्वालाले पद नछाड्ने बताएका छन्।

गाडीबाट मलाई निकालेर आगो लगाएः मन्त्री ज्वाला

‘गल्ती अरुले गरेका छन्, राजीनामा हाम्रो मन्त्रीले दिनुपर्ने कुरा जायज हुँदैन’, उनले भने।

समाजवादीको तर्फबाट मन्त्री भएका ज्वालामाथि राजनीतिक प्रतिशोधसँगै भ्रष्टाचार नियन्त्रणका लागि चालिएको कदमका कारण पूर्वाग्रहवश प्रतिवेदन बनाइएको आरोप पनि श्रेष्ठले लगाएका छन्।

दोहोर्‍याएर रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुईजना युवकको ज्यान गएको थियो।

त्यही घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

बालकुमारी घटना प्रकरण : यस्तो छ मन्त्री ज्वालाको प्रष्टिकरण

‘हामीले प्रतिवेदन पढ्न माग्दा अहिलेसम्म दिइएको छैन’, सचिव श्रेष्ठले भने, ‘श्रम मन्त्रालयसँग सम्बन्धित विषयमा प्रदर्शन भएको छ, गृह मन्त्रालयअन्तर्गतका प्रहरीले गोली चलाएर ज्यान गएको छ, त्यही बाटो हुँदै सिंहदरबार जान चाहँदा नसकेको मन्त्रीलाई दोषी भनिएको छ।’

श्रेष्ठले गल्ती गर्दै नगरेको कामको सजाय भोग्न आफ्नो पार्टीका मन्त्री तयार नभएको भन्दै ज्वालाको बचाउ गरेका छन्।

मन्त्री ज्वालाको गडाीमा आगजनी गरेको अभियोगमा पाँच जना पक्राउ

यातायात ब्यवस्था कार्यालयहरु लाग्ने भीड र बिचौलिया प्रवृतिको अन्त्य हुन्छः भौतिकमन्त्री प्रकाश ज्वाला

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long