क्यानडा बिरूद्ध नेपालको सानदार जित, गर्यो सिरिज नै कब्जा !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपालले क्यानडाविरुद्ध लगातार दोस्रो जित हासिल गर्दै सिरिज नै कब्जा गरेको छ । आज सम्पन्न दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको छ। क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउदै जित हासिल गरेको छ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्बाधिक ८७ रन बनाएका थिए भने देव खनालले ७६ रन बनाएका थिए। त्यस्तै अनिल शाहले १९ बलमा ५० रन बनाउदै नेपालबाट सबैभन्दा कम बलमा अर्धशतक बनाउने नयाँ रेकर्ड बनाएका छन्। यस अघि असिफ सेखले २१ बलमा अर्धशतक बनाएको रेकर्ड थियो।

त्यस्तै भीम सार्कीले २३, पवन सराफले १४, आसिफ सेखले १० रन बनाएर आउट भएका थिए भने कुशल मल्लले अविजित ९ र सोमपाल कामीले अविजित ९ रन बनाएका थिए।

त्यसैगरी क्यानडाका बलरहर्ष ठाकेर र इश्वोरजोत सोहिले २-२ विकेट लिएका थिए भने साद बिन जाफर र दिलप्रित बाज्वाले एक एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै २८५ रन बनाएको थियो।

क्यानडाका लागि आरोन जोनसनले सर्बाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए। त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०-२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सुर्य तामाङ र पवन सराफले एक एक विकेट लिएका थिए।

यो जितसँगै नेपालले क्यानडाविरुद्धको ३ खेलको सिरिजमा २-० ले अगाडी रहेको छ र सिरिज जितेको छ। अब सिरिजको अन्तिम खेल आगामी सोमबार हुने छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long