‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । गायिका एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप लागेको छ ।

गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् ।

धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी गरेर एलिनाको आवाजमा ल्याइएको कार्कीको भनाई छ । ‘मेरो गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने छ,’ गायक कार्कीले भने ‘एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने छ ।’ कार्कीले गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको बताए ।

हेराै भिडियाे….

एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ ओबी रायमाझी युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जसलाई ओबी रायमाझीले बाहिर ल्याएका हुन् । गीतको भिडियोमा रायमाझीको अभिनय समेत छ ।

आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताए ।

हुन त यो गीतको भिडियो कार्कीले भन्दा रायमाझीले केही दिन अगाडि सार्वजनिक गरेका हुन् । त्यो हिसाबले पनि दर्शकलाई एलिनाको गीत पहिले आएको जस्तो लाग्छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long