तिहारमा पाल्पाली ढाका टोपीको बिक्री बढ्यो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । पाल्पाली ढाकाबाट बनेका सामग्रीको बिक्री तिहारमा धेरै हुने गरेको छ ।

दिदीबहिनीले दाजुभाइलाई उपहार स्वरूप पाल्पाली ढाका दिने चलन र आन्तरिक पर्यटकको रोजाइमा समेत पर्दा पाल्पाली ढाकाको माग बढ्दै गएको छ । ढाकामा विविधीकरणसँगै व्यापार राम्रो भएको पाल्पाली ढाका सङ्घका सचिव मनोजराज शर्मा पौड्यालले बताए ।

पाल्पाबाहेक पोखरा, काठमाडौं, बुटवल, नारायणघाट, भैरहवा, दाङ्ग, नेपालगन्ज लगायतका सहरमा पाल्पाली ढाकाका सामग्रीको माग ज्यादा हुने गरेको छ ।

पाल्पामा २० बढी ढाका कपडा बनाउने उद्योग छन् । यसका साथै घरमै ढाका बुनेर २ सय बढी महिलाले राम्रो आम्दानी गर्दै आएका छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long