ओमानसंग ५ रनले पराजित नेपाल युएईसंग सेमिफाईनलमा भिड्ने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । टी–२० विश्वकप छनोट खेलमा नेपाल ५ रनले पराजित भएको छ । कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।

अत्यन्तै रोमाञ्चक खेलमा  नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए ।

अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो ।
उपबिजेता नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long