देउवामाथि यसरी खनिए वरिष्ठ नेता पौडेल

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । गत महिना भएको निर्वाचनबाट संसद्‌को सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नै अडानका कारण सत्ताबाट बाहिरिनु परेको भन्दै कतिपय कांग्रेस नेताहरूले नै पार्टी नेतृत्वको आलोचना गरिरहेका छन्।

यसै प्रसङ्गमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेपनि सभापति शेरबहादुर देउवामाथि खनिएका छन् ।

पत्रकारसङ्ग कुराकानीका क्रममा पौडेलले भनेका छन् , – त्यस दिन (पुस १० गते) म बालुवाटारबाट निस्केपछि केही कुरा भएको छैन। उहाँले मलाई बोलाउनुभएको पनि छैन। मलाई पनि सभापतिजीकहाँ जाने जाँगर छैन। उहाँले मसँग केही कुरा पनि गर्नुभएको छैन।

पौडेलले भने, – यसमा हामी सबै जिम्मेवार छौं। हेर्नुस्, मैले त सभापति शेरबहादुरजीको प्रवृत्ति र कार्यशैलीसँग पहिलेदेखि नै असहमति राख्दै आएको हो। तर सबैले उहाँलाई नै दोहोर्‍याई-दोहोर्‍याई सभापति बनाएपछि, फेरि संसदीय दल नेता बनाउने टुंगोमा पुगेपछि मैले यिनैलाई (देउवा) सुधार गरेर, विश्वासमा लिएर राम्रो काम गराउन सकिन्छ कि भन्ने आशाले सहयोग गरेको हो। देउवाका कार्यशैली सुधारेर राम्रो काम गराउन सकिन्छ कि भनेर मैले पनि विश्वास गरेको हो, मेरो विश्वासलाई पनि धोका भयो।

वरिष्ठ नेता पौडेल भन्छन् , – हामीले सभापतिजीलाई राम्रैसँग सल्लाह दिएका थियौं। म र केही साथीहरू, पूर्णबहादुर खड्काजी, कृष्णप्रसाद सिटौलाजीले त यो गठबन्धन कसैगरी पनि टुट्न दिन हुँदैन भन्यौं। प्रचण्डलाई फुत्किन दिन पनि हुँदैन, जसरी हुन्छ गठबन्धन बचाएर मात्रै अगाडि बढ्नुपर्छ भनेर सल्लाह दिएका थियौं। सभापतिजीलाई हामीले अरूको आशमा कतै पनि नलाग्नुहोला भनेका थियौं।

पौडेलले थपे ,- मैले त भनेको हो, बालुवाटारमा चलिरहेकै बैठकमै सभापति शेरबहादुर देउवालाई प्रष्ट कुरा राखेको हुँ- गठबन्धन टुट्यो भने हाम्रो सबैथोक गुम्छ भनेर। मैले यो कुरा प्रचण्ड बालुवाटार छाडेर बाहिर ननिस्किँदै भनिसकेको थिएँ। केहीबेरमा यो कुरा मैले मिडियालाई पनि भनिदिएँ, तत्कालै समाचार पनि आएका थिए।

सबै कुरा हाम्रो गुम्ने भयो भनेर म बालुवाटारबाट त्यस दिन निस्केको हुँ। गठबन्धन भत्किँदा हाम्रा सबै कुरा बिग्रिन्छन्, कांग्रेसको बिल्लीबाठ हुन्छ भनेर भनेको हुँ। यो गठबन्धन टुट्नेबित्तिकै सबैभन्दा मार कांग्रेसलाई हुन्छ भनेको हो। यत्रो दु:ख गरेर आएको बहुमतलाई असर पर्छ भनेकै हो। अरू कसैको पनि आश्वासनको भर नपरौं, अर्काको भरमा पर्दा कसरी सुशीलजीका पालामा बिग्रियो, त्यसरी नै बिग्रिन्छ भनेको हो।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long