सभामुखमा गुरुङ र विश्वकर्माको दावी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमाले र माओवादी सहितको सत्ता गठबन्धनभित्र आन्तरिक रुपमा पावर शेयरिङ हुँदा एमालेले राष्ट्रपति र सभामुख पाउने भएपछि अब सभामुख को बन्ला भन्ने चर्चा शुरु भएको छ।

सभामुखमा सफल दरिएका र सन्तुलनकारी भुमिका खेल्ने सुबास नेम्बाङको नाम चर्चामा भएपनि उनले सभामुखमा अनईच्छा देखाउदै राष्ट्रपतिमा रुचि देखाएका छन् ।

यसपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको नाम चर्चामा आएको छ । गण्डकी प्रदेशको नेतृत्व गर्दै सफल मुख्यमन्त्रीको छवि बनाएका गुरुङ एमालेभित्र स्पष्ट विचार र दृष्टिकोण प्रस्तुत गर्ने नेताका रूपमा परिचित छन् । एमाले नेतृत्वमा गठबन्धन बन्नुपर्ने पक्षमा सक्रिय गुरुङलाई सभामुख नबनाएर सरकारमा मन्त्रीका रूपमा सहभागी गराउने बिषयमा पनि छलफल भैरहेको एक नेताले बताए ।

उता, पुर्वमन्त्री विश्वकर्मालाई एमालेभित्र लामो संघर्ष गरेका अनुभवी नेताका रूपमा लिने गरिन्छ । लुम्बिनी प्रदेशमा पार्टी संगठन मजबुत बनाएर लगातार निर्वाचन जित्दै आएका विश्वकर्मा दलित आन्दोलनको अगुवा नेताका रूपमा पनि चिनिन्छन् । एमाले त्यागेर गठबन्धनको समर्थनमा उठेका घनश्याम भुसाललाई पराजित गरेर विश्वकर्माले रुपन्देही -१ बाट चुनाव जितेका हुन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long