सत्ताच्युत भएका देउवाले घर खोज्दै,सत्तारूढ बनेका सिकेले डेरा खोज्दै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं। बुढानिलकण्ठ स्थित आफ्नो घर पुनर्नर्माण भईरहोकोले निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्नु अघि भाडाको घर खोजिरहेका छन् भने जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि काठमाडौंमा डेरा खोजिरहेका छन्। आश्चर्यजनक र आकास्मिक रुपमा सत्ताबाट बहिर्गमन मा परेका देउवाले भनेजस्तो भाडाको घर नपाउँदा सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ ।
उता गएको मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको जनमत पार्टीका अध्यक्षले पनि अहिलेसम्म भनेजस्तो डेरा पाएका छैनन्।

काठमाडौंमा डेरा खोज्न थालेका सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका छन्।

उता बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ । देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सरकार निवास छाडिने बताएका छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long