सन्दीप हराएकै हुन् त? टिकट रद्द गरेपछि अहिले कहाँ छन् उनी ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौँ । सन्दीप कहाँ गए? कहिले आउछन् ? हराएकै हुन् त? भन्ने प्रश्न सामाजिक सञ्जालमा चर्चामा छ।

आफू निर्दोष रहेको र कानुनी लडाई लड्ने बताएका सन्दीप नाबालिगमाथि बलात्कार गरेको आरोपसंगै नेपाली क्रीकेट क्षेत्रनै हलचल हुन पुगेको छ। यो आरोपपछि निलम्बित क्रिकेटर सन्दीप लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने सबैको चासोको विषय बनेको छ।

 

भदौ २६ गते दुईदिन अघि नै सन्दीप हिँडिसकेको भन्ने समाचार बाहिरिएको थियो तर उनी हालसम्म पनि नेपाल आएपुगेका छैनन्। न त उनी प्रहरी र क्यानको सम्पर्कमा छन्।उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भने सन्दीपले केही दिनअघि नै नेपाल आउन लागेको फ्लाइट टिकट रद्द गरेका थिए।

 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भरत बोहोराले हालसम्म लामिछाने प्रहरीको सम्पर्कमा नरहेको बताएका छन्।

 

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का महाप्रवन्धक (जिएम) बृतान्त खनालले पनि सन्दीप क्यानसँग पनि सम्पर्कमा नरहेको बताए ।
उनी भन्छन्, ‘औपचारिक रुपमा सन्दीप क्यानसँग सम्पर्कमा आएको भन्ने मलाई कुनै जानकारी छैन।’

 

उनी केहीदिन अघि नै त्यहाँबाट हिँडिसकेको भन्ने अपुष्ट समाचार फैलिए पनि त्यो सत्य नभएको र उनी अहिलेसम्म नेपाल आई नपुगेको काठमाडौ प्रहरीले जनाएको छ।

 

सन्दीप नेपाल आइनपुग्नासाथ प्रहरीले थप प्रक्रिया अघि बढाउने एसएसपी बोहराले बताएका छन्।

 

नाबालिकलाई बलात्कार गरेको भन्दै भदौ २१ गते साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो।

 

उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ। १७ वर्षीया ती किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्‍याएर आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन्।

 

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long